०२ असार २०८३, मंगलबार

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा

भदौ २८, २०८१
काठमाडौं
टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआई), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टिभिएस  रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेको छ।

यी नयाँ उत्पादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरूलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ ।​​

टिभिएसले यी  फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरू  बिएस - भिआई एफआई  प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ ।

यी नयाँ उतपादनहरू एडभान्स इन्जिनियरिङ र स्टाइलिस डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरूलाई ध्यानमा राखी बनाइएको छ । ​​​

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष इन्टरनेशनल बिज्नेस राहुल नायकले स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा नयाँ शैली र नयाँ सुविधायुक्त  हुनेगरी आफ्नो उत्पादनहरू अघि बढाउने बताए ।

'नेपाल सधैं हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ र टिभिएस राइडर (एफआई ), टिभीएस एनटर्क (एफआई ) र  टिभिएस रेडिआन (एफआई)को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं,' उनले भने ।

यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउने उनले बताए ।

यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो ।

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।​​

'हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरूलाई  यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । नयाँ भेरियन्टहरू सबै उत्साहीहरूको पक्कै पनि  मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ,' उनले भने ।​

null

टिभिएस रेडर  एफआई भेरियन्ट :टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको  छ। हालै सार्वजनिक गरिएको एफआई भेरियन्टले यसलाई थप उचाइमा पुर्‍याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । ​

फ्युल दक्षता :  यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस्  कि लामो सवारीको लागि किफायती बनाउँछ। 

उत्तम प्रदर्शन: राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।

परिष्कृत स्टाइलिङ: टिभिएस रेडर  एफआई भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरूमा उपलब्ध छ ।​

टिभिएस एनटर्क भेरियन्ट: टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ।

यस भेरियन्टमा पाइने कुराहरू :

• सुपीरियर थ्रॉटल रेस्पोन्स: उन्नत एफआई प्रणालीले राइडरहरू बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।

• इको-फ्रेन्डली राइड : राम्रो फ्युल  व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ । 

• अत्याधुनिक डिजाइन: एफआई भेरियन्टले एनटर्कको  आइकोनिक डिजाइन एलीमेंटहरू कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ । 

null


टिभिएस रेडिअन  एफआई भेरियन्ट:

आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन  एफआईले १५ प्रतिशत माइलेज दिन्छ, जसले हरेक यात्रालाई स्मार्ट,  सहज र प्रभावकारी बनाउँछ।

यस भेरियन्टमा पाइन सकिने फाइदाहरू :

• स्थायित्व: रेडिअन  एफआईमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने  माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

• आरामदायी र सुविधाजनक  - यस  भेरियन्टमा भएको  लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल,  दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल  गियर सेल्फ-स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउँछ । 

• सुरक्षित :  सुरक्षालाई  ध्यानमा  राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, । ​

टिभिएस रेडर , टिभिएस  एनटर्क र  टिभिएस रेडिअनका नयाँ एफआई भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस  डिलरशिपमा उपलब्ध छन्।

टिभिएस रेडर  एफआईको मूल्य रु २,९२,९००/- , टिभिएस  एनटर्क एफआई को मूल्य रु २,७९,९००/-  र टिभिएस रेडिअन  एफआईको मूल्य रु २,३६ ,९०० रहेको  छ।​

टिभिएस मोटर कम्पनी (BSE:532343 र NSE: TVSMOTOR) विश्वभर प्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी हो । यस कम्पनीले  भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधा राखेर दिगो गतिशीलतामा प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ।

१०० वर्षको विश्वास, मूल्य, र ग्राहकप्रतिको भावनामा आधारित, यो उच्च गुणस्तरका नयाँ र दिगो प्रक्रियाहरूको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादनहरू निर्माणमा गर्व गर्दछ ।​

टिभिएस मोटर केवल एकमात्र दुई-पांग्रे सवारी साधन कम्पनी हो । जसले प्रतिष्ठित डेमिङ पुरस्कार जितेको छ।

हाम्रा उत्पादनहरू जेडी पावर आइक्युएस  र अपिल  सर्वेक्षणहरूमा आफ्ना वर्गमा  अगाडि छ । हामीले लगातार चार वर्ष जेडी पावर ग्राहक सेवा सन्तोषजनकता सर्वेक्षणमा नम्बर १ कम्पनीको र्‍याङ्क प्राप्त गरेका छौं।

व्यक्तिगत ई-मोबिलिटी स्पेसमा हाम्रा सहायक कम्पनीहरू, स्विस ई-मोबिलिटी समूह (SEMG) र EGO मुभमेन्ट  स्विट्जरल्यान्डको ई-बाइक मार्केटमा अग्रणी स्थानमा छन्।

टिभिएस मोटर कम्पनीले हामीले सञ्चालन गर्ने ८० देशहरूमा सबैभन्दा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयास गर्छ | 

salt training

कमेन्ट गर्नुहोस्