
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
'नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस छ । यसतर्फ सरकारको ध्यान जाओस्,' उनले भने ।
गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम शुरू गर्न दबाब दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको बताए ।
समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा अनशनमा बस्नुपरेको उनले बताए ।