०१ साउन २०८३, शुक्रबार

पत्रकार महासंघ निर्वाचन : मतदाताको सूची र तालिका शनिबार सार्वजनिक हुने

भदौ २८, २०८१
काठमाडौं
पत्रकार महासंघ निर्वाचन : मतदाताको सूची र तालिका शनिबार सार्वजनिक हुने

आगामी असोजमा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि भोलि (शनिबार) मतदाताको सूची र निर्वाचन तालिका सार्वजनिक गरिने भएको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्ने जानकारीसहित मतदाताको सूची र निर्वाचन तालिका सार्वजनिक गरिने जानकारी दिएको हो ।

'पछिल्लो पटक मिति २०८१ असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँछु,' कार्यवाहक अध्यक्ष रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०८१ असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ ।

महासंघका अनुसार यही भदौ २९ गते शनिबार मतदाता सूची सार्वजनिक गरिने छ । यस्तै सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको छ ।

निर्वाचन सम्पन्न गर्न महासंघका सबै समिति, सदस्य, सल्लाहकार, पूर्वअध्यक्षहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षबाट सहयोग पुर्‍याउन पनि महासंघले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्