०१ असार २०८३, सोमबार

वातावरण संरक्षणमा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

भदौ २८, २०८१
काठमाडौं
वातावरण संरक्षणमा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिन सक्ने भन्दै भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह गरेकी छन् । 

उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । 

ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखिन् ।  

जलवायु परिर्तनबाट उत्पन्न हुने र भइरहेको प्रभाव सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउन र यसमार्फत् समग्र मानव सभ्यताकै संरक्षण गर्न  अन्तर्राष्ट्रिय समुदाय नै लाग्नुपर्ने उनको भनाई थियो ।  

salt training

कमेन्ट गर्नुहोस्