
नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेदेखि आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास 'प्यासिफिक एन्जल' सञ्चालन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जनाएको छ ।
अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने छ ।
अभ्यासहरु काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा हुने सेनाको भनाइ छ । सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण भएको जनाइएको छ ।