×

'एलडीसीमा स्तरोन्नतिपछिका चुनौती समाधान गर्न नेपालले बहु-आयामिक रणनीति अपनाउनुपर्छ'

काठमाडाैं | भदौ २८, २०८१

 नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बहुआयामिक रणनीतिकासाथ पर्याप्त तयारी गर्नुपर्नेमा कुरा अध्ययनले औँल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआईपी)को सहयोगमा यसबारे अध्ययन गरिएको थियो । "नेपालको एलडीसी स्तरोन्नति: डब्लुटीओ दायित्वहरूमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधार सम्बन्धी प्रतिवेदन" शुक्रबार नेपालगन्जमा आयोजित सरोकारवालाहरूसँगको  सार्वजनिक-निजी संवादमा प्रस्तुत गरिएको थियो।

Laxmi Bank

अध्ययनले नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने , निर्यात बजारलाई विविधीकरण विविधीकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनु पर्ने आवश्यकतामा जोड दिएको छ । 


Advertisment

अध्ययनले नेपालले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) र ड्युटी-फ्री कोटा-फ्री योजनाहरू अन्तर्गत व्यापार प्राथमिकताहरू गुम्न सक्ने र उच्च निर्यात शुल्कको सामना गर्नुपर्ने जोखिम औल्याएको छ। साथै अध्ययनले गैर भन्सार अवरोधहरू सम्बोधन गर्न राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रिय स्तरको विकास, प्रमुख व्यापार साझेदारहरूसँग पारस्परिक मान्यता सम्झौताहरू , नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादनहरू प्रवर्द्धन, स्तरोन्नति भएका अन्य देशहरूको अनुभव लगायतमा ध्यान दिन सकिएमा नेपालको लागि सहयोग पुग्ने सुझाव दिएको छ । 


Advertisment

स्तरोन्नति पछि आइपर्ने चुनौतीलाई आफ्नो हित अनुकूल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमतालाई बलियो बनाउनु पर्नेमा सहभागी नीति निर्माताहरू, व्यापार विशेषज्ञहरू, विकास साझेदारहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको साझा धारणा रहेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले एलडिसीबाट स्तरोन्नति नेपालको लागि चुनौती र अवसर दुवै रहेको बताउँदै यसलाई ध्यानमा राखी नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधारका साथै निजी क्षेत्रलाई गुणस्तरीय उत्पादन र व्यापार तथा लगानीका क्षेत्रमा गतिशील बनाउन   नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

null

अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय व्यापार विज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौता लगायत विश्व व्यापार सङ्गठनका नयाँ दायित्वहरूको पालना गर्न सक्ने क्षमता नेपालमा हुनुपर्ने बताए । उनले व्यापारका अन्तर्राष्ट्रिय नियमसँग मेल खाने गरी घरेलु सहायताका उपायहरू मार्फत उद्योग व्यवसायलाई गतिशील बनाउन तीन तहका सरकारले थप साधन परिचालन गर्नु पर्ने आवश्यकता औँल्याए । 

ओझाले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्यापारका कडा नियमहरू सामना गर्नु पर्ने तथा भन्सार सुविधाहरू गुमाउने जोखिमबारे सचेत गराउँदै  विकासोन्मुख मुलुकको यात्रा सहज हुने सुनिश्चित गर्न आवश्यक कार्य योजना बनाइ तयारी थाल्नुपर्नेमा जोड दिए । 

उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष तप्‍त बहादुर धामीले नेपाल एलडिसीबाट स्तरोन्नति भए पछिका चुनौतीहरूलाई व्यापक रूपमा सरोकारवालाहरूसँग बहस गर्नुपर्ने तथा भन्सार प्रणालीलाई सरल बनाउनु पर्नेमा जोड दिँदै यसका लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बनाए । 

निजी क्षेत्रका प्रतिनिधिहरूले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेको कारण नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योगहरू जोखिममा जानसक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकहरूसँग नेपाली वस्तु तथा सेवाको बजार पहुँचका लागि विशेष सुविधाको लागि अनुरोध गर्नुपर्नेमा जोड दिएका छन् ।  

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x