०५ असार २०८३, शुक्रबार

पाल्पामा खोलाले बगाएर एक पुरुषको मृत्यु

भदौ २९, २०८१
पाल्पा
पाल्पामा खोलाले बगाएर एक पुरुषको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका–४ स्थित झुम्सा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । 

खोलाले बगाएर तिनाउ गाउँपालिका–४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव एक सय ५० मिटर तल भेटिएको थियो । 

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्