
भारतको जम्मू कश्मीरस्थित किश्तवाडमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ । भिडन्तमा सैनिकहरू नायब सुभेदार विपन कुमार र जवान अरविन्द सिंहको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार शनिबार बिहान पनि जम्मु कश्मीरको बारामुल्लामा भारतीय सेना र जम्मु कश्मीर पुलिसले संयुक्त अभियान चलाइरहेका छन् ।
विशेष सूचनाको आधारमा भारतीय सेना र जम्मू कश्मीर पुलिसले बारामुल्लाको चक टप्पर क्रीरी क्षेत्रमा संयुक्त अभियान शुरू गरेको समाचारमा उल्लेख छ ।