३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीसँग छलफल गर्दै सहकारी छानबिन समिति

भदौ २९, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग छलफल गर्दै सहकारी छानबिन समिति
फाइल तस्वीर

सहकारी संस्था बचत रकम दुरुपयोगको अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

अन्तिम प्रतिवेदन तयार गर्नु अघि समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेको समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिइन् । 

प्रतिवेदन लेख्नु अघि आएका केही समस्याका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न लागेको न्यौपानेको भनाइ छ ।

‘कतिपय विषयमा सरकारले प्रष्ट नपार्दा हामीलाई समस्या भएको छ । कानूनका कतिपय विषय मिलाउनुपर्ने र सरकारले सहजीकरण गर्नुपर्ने विषय छन्,’ न्यौपानेले भनिन्, ‘यस विषयमा हामीले गृहमन्त्री, प्रहरी प्रशासनसँग पनि छलफल गरिसकेका छौं । यसै शिलशिलामा आज साँझ ५ बजे प्रधानमन्त्रीलाई पनि सिंहदरबारमा भेट्न लागेका हौं ।’

शुक्रबार समितिले गृहमन्त्रीसहित गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग पनि भेट गरेको थियो । 

प्रधानमन्त्री ओली समितिको बैठकमै उपस्थित हुन लागेका हुन् । 

तीन महिना म्याद सकिएपछि भदौ २३ बाट समितिलाई १५ दिनको म्याद थपिएको थियो । समितिले असोजको पहिलो साता आसपास संसद्लाई प्रतिवेदन बुझाउने छ । 

समितिले देशभरका २९ वटा सहकारीमा भएको अर्बौं रकम अपचलनका विषयमा छानबिन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्