२५ जेठ २०८३, सोमबार

दुई महिनापछि पुनः ट्रम्पको हत्या प्रयास, घटनास्थलमा एके-४७ भेटियो

भदौ ३१, २०८१
काठमाडौं
दुई महिनापछि पुनः ट्रम्पको हत्या प्रयास, घटनास्थलमा एके-४७ भेटियो
तस्वीर : सीएनएन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका ट्रम्पमाथि गएराति फ्लोरिडाको एक गल्फ कोर्समा हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटना फ्लोरिडाको वेस्ट पामस्थित ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा भएको हो । गोली चल्दा ट्रम्प ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा थिए ।

बन्दुकधारीलाई देख्नेवित्तिकै सुरक्षा एजेन्टहरूले चारदेखि पाँच राउण्ड फायर गरेका थिए । बन्दुकधारीले जवाफी फायरिङ गरे वा गरेनन् भन्ने थाहा हुन सकेको छैन ।

घटनास्थलमा एउटा एके-४७ शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक र एक गोप्रो क्यामेरा फेला परेको समाचारमा उल्लेख छ । 

ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ । ट्रम्पलाई कुनै चोटपटक लागेको छैन । 

प्रहरीले हत्या प्रयासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 

यसअघि दुई महिनाअघि पनि पूर्वराष्ट्रपति ट्रम्पलाई बटलर, पेनसिल्वेनियामा गोली हानिएको थियो । जहाँ ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्