२३ जेठ २०८३, शनिबार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

भदौ ३१, २०८१
काठमाडौं
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा बैठकअघि सभामुखले उक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल गर्न सभामुखले मध्याह्न १२ः१५ मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरुद्ध पार्दै आएको बेला यो बैठक बोलाइएको हो । 
प्रतिनिधिसभाको बैठक सोमबार  दिउँसो १ बजे बस्ने बस्दैछ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्