२३ जेठ २०८३, शनिबार

सहकारी ठगीमा रविको संलग्नता रहेको छानबिन समितिको ठहर, आजै संसद्‌मा प्रतिवेदन बुझाइने

भदौ ३१, २०८१
काठमाडौं
सहकारी ठगीमा रविको संलग्नता रहेको छानबिन समितिको ठहर, आजै संसद्‌मा प्रतिवेदन बुझाइने

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गरेपछि आज (सोमबार) संसद्लाई बुझाउने तयारी छ । 

समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेको भेटिएको हो । 

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समिति स्रोतले जनाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ । योसँगै रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा ११ बजे हस्ताक्षर हुँदै छ । 

जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा एमालेका सांसद सूर्य थापा छन् । समितिले जेठ २३ देखि काम थालेको हो ।

सात सदस्यीय समितिमा सभापति थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्