०२ असार २०८३, मंगलबार

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै विनियमावली जारी, यस्ता छन् नयाँ व्यवस्था

भदौ ३१, २०८१
काठमाडौं
बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै विनियमावली जारी, यस्ता छन् नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको छ । राष्ट्र बैंकले असोज १ गतेदेखि लागु हुनेगरी पहिलो पटक बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै विनियमावली जारी गरेको हो । 

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट पारदर्शी र व्यवस्थित बनाउन छुट्टै विनियमावली जारी गरिएको बैंकले जनाएका छ ।

राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाइन प्रणाली विकासगरी सो सम्बन्धमा आवश्यक निर्देशन जारी गर्न सक्ने समेत विनियमावलीमा उल्लेख छ । 

विनियमावलीअनुसार खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ । 
त्यस्तै, विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।  

यस्तो छ विनियमावली


 

salt training

कमेन्ट गर्नुहोस्