
सिप्रदी ट्रेडिङ प्रालिको अधिकाधिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसँगै विरगञ्जमा पन्च ईभीको डेलिभरी शुरू भएको छ ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापती र विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
साथै गाडी बुक गरेका ग्राहकलाई उद्घाटन कार्यक्रममै गाडी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङका विरगञ्ज शाखाका प्रमुख सन्दीप गुप्तालगायतको उपस्थिति थियो ।
पन्च ईभीको रिजनल लन्चअन्तर्गत विरगञ्जको लन्चको मौका पारेर नयाँ शो-रुमको पनि उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए ।
टाटा पन्च ईभीको शुरूआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ ।
पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुई सेगमेन्टमाथिको विशेषताहरू भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्लेको आनन्द लिन सकिनेछ ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यो गाडी BNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।