२३ असार २०८३, मंगलबार

मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग

भदौ ३१, २०८१
काठमाडौं
मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले देशको अखण्डता विरोधी अभिव्यक्ति दिएको भन्दै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद ढकालले मेटमणिको अभिव्यक्ति आपत्तिपूर्ण रहेको बताएका हुन् । ​

मेटमणिले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको रहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर ढकालले देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

‘यही संसद्का एकजना माननीय र पूर्वमनत्रीले संविधान विरोधी अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछ । संविधानको अनुसूचीमा रहेको नक्साको विपरीत अभिव्यक्ति दिने उनलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ’ ढकालले भने, ‘त्यस्तो अभिव्यक्ति दिएका सांसदको पद गएको उदाहरण छ । सदनले गम्भीर ढंगले लिएर छानबिन गरोस् ।’

salt training

कमेन्ट गर्नुहोस्