१८ असार २०८३, बिहीबार

चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

असोज १, २०८१
काठमाडौं
चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र अजरवैजानका गैरआवसीय राजदुत एल्चिन हुसेन्ली, गणतन्त्र कोलम्बियाकागैरआवसीय राजदुत, भिक्टर इचेभेरी जरामिलो, नेदरल्याण्डका गैरआवसीय राजदुत मारी लुइसा जेरार्ड्स र गणतन्त्र इस्टोनियाका गैरआवसीय राजदुत  मार्जे लुपले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 
सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार समेत गराइएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्