
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ ।
विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।
परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले पुतनाको शव दहन गरेको कथन छ ।