२३ असार २०८३, मंगलबार

आतिशी बन्ने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

असोज १, २०८१
काठमाडौं
आतिशी बन्ने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

भारतको दिल्लीले नयाँ मुख्यमन्त्री पाउने भएको छ ।  आतिशी सिंह दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।

आम आदमी पार्टी (आप)ले आतिशीलाई संसदीय दलको नेतामा चयन गरेको हो । आजै बसेको पार्टी बैठकमा केजरीवालले आतिशीको नाम प्रस्ताव गरेका हुन् । यद्यपि पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन ।

दिल्लीको मदिरा नीतिको मामिलामा आम आदमी पार्टीका नेता जेल जाँदा आतिशीले पार्टीको जिम्मेवारी सम्हालेकी थिइन् ।

मुख्यमन्त्री केजरीवालले आजै राजीनामा दिँदै छन् । दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) विनय सक्सेनाले अपरान्ह ४:३० बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामादिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

१७७ दिनपछि रिहा भएका केजरीवालले १५६ दिन जेलमा बिताएका थिए । केजरीवाललाई मार्च २१ मा ईडीले मदिरा नीति मामिलामा मनी लान्ड्रिंग मुद्दामा पक्राउ गरेको थियो । 

१० दिनको सोधपुछपछि उनलाई १ अप्रिलमा तिहाड जेल पठाइएको थियो। मे १० मा, उनी लोकसभा चुनावको प्रचारका लागि २१ दिनको लागि रिहा भएका थिए । ५१ दिन जेलमा बिताएपछि उनी रिहा भएका हुन् ।​​

केजरीवालको सम्पूर्ण ध्यान अब हरियाणाको चुनावी प्रचारमा केन्द्रित हुनेछ । हरियाणामा अक्टोबर ५ मा मतदान हुँदैछ। आम आदमी पार्टीले राज्यमा कांग्रेससँग गठबन्धन गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्