१२ असार २०८३, शुक्रबार

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली

असोज १, २०८१
तनहुँ
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली

​मुस्लिम धर्मालम्बीहरूको पैगम्बर मोहम्मदको १४९९औं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्ति र्‍याली निकालिएको छ ।

दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्ति र्‍याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गिएको हो ।

मुस्लिम समुदायको सन्देष्टाका रूपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए ।

जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उनले बताए । ​

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) शुरू भएको हो । 

जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो ।

मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ ।

कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालिएको हो ।

यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्