
भ्लाडिभोस्टक– रुसको सुदूरपूर्वको अमुर क्षेत्रमा तीनजना सवार रोबिन्सन आर६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलवार जानकारी दिएका छन् ।
रुसी आपत्कालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमवार आफ्नो आपत्कालीन ‘बिकन सिग्नल’ सक्रिय गरेको थियो । बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन सकिन्छ । हाल खोजी तथा उद्धार कार्य जारी छ ।
जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको प्रेस सेवाले जनाएको छ ।