२५ जेठ २०८३, सोमबार

रविलाई विश्वप्रकाशको सुझाव– भावनात्मक आवेग ‘क्यास’ गर्न खोलिएको पार्टीको नाम बदल्नुस्

असोज १, २०८१
काठमाडौं
रविलाई विश्वप्रकाशको सुझाव– भावनात्मक आवेग ‘क्यास’ गर्न खोलिएको पार्टीको नाम बदल्नुस्
फाइल तस्वीर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेलाई आफू नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाम फेर्न सुझाव दिएका छन् । 

मंगलवार सामाजिक सञ्जालमार्फत् रास्वपाको पहिलो राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना दिँदै शर्माले असन्तुष्टिको माहोलमा स्वतन्त्र मन भएका नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाइएको भन्दै नाम फेर्न सुझाव दिएका हुन् । 

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामनासहित दुई सुझाव । पहिलो– कतिपय असन्तुष्टिको माहोलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभो, एउटा आकार बनाउनुभो,’ उनले एक्समा लेखेका छन्, ‘अब स्वतन्त्र छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना !’

साथै शर्माले सहकारी प्रकरणमा ‘क्लिन चिट’ कि ‘क्लियर चिट’ भन्नेमा स्पष्ट हुन पनि भनेका छन् । ‘प्रचलित कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ– बेइमानी । अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै !’

सहकारी छानबिन संसदीय समितिले सहकारीमा करोडौँ रुपैयाँ अपचलन भएको भनेर कारबाही सिफारिस गरे पनि रास्वपाका सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गरेपछि शर्माले यस्तो जवाफ दिएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्