
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, र समुदायलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै, यसलाई अझ प्रभावकारी बनाउन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले समाजवाद निर्माणको स्पष्ट मार्गमा अगाडि बढ्न सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र परिस्कृत गर्दै बदलिएको व्यवस्थालाई जनतासम्म पुर्याउन दृढताका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनले संविधानको कार्यान्वयनमा अझै बाँकी रहेका कामहरूलाई तदारुकताका साथ सम्पन्न गर्दै अराजकता, भ्रष्टाचार, बेथिति, र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्न अपिल गरेका छन् ।