२२ जेठ २०८३, शुक्रबार

अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

असोज ४, २०८१
कास्की
अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित भएकी छन् ।

पोखरामा गएराति सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भए । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित  भए । यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ । 

यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्