२४ जेठ २०८३, आइतबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

असोज ४, २०८१
काठमाडौं
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । 

प्रधानमन्त्री ओलीको सिफारिसरमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री आज ओली अमेरिका उडेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार उनले यही असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्