
ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताहरूले बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिग मार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट योजना ल्याएको हो ।
उक्त छुट योजना हरेक शनिबार मात्र लागू हुने बैंकले जनाएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।