११ असार २०८३, बिहीबार

न्युयोर्क पुगे प्रधानमन्त्री ओली

असोज ५, २०८१
काठमाडौं
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
फाइल तस्वीर

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्युयोर्क पुगेका छन् । स्थानीय समयअनुसार शुक्रबार राति ओली न्युयोर्क पुगेका हुन् । उनी शुक्रबार बिहान नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । 

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने छन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्ने छन् । 

प्रधानमन्त्री ओलीले सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्