०१ असार २०८३, सोमबार

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

असोज ५, २०८१
काठमाडौं
अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा
तस्वीर : क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । ​

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिइन् ।

यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उनले बताइन् ।

सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् ।

सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । 

उनका अनुसार यस पटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् ।

वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ-आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रूपमा रहँदै आएका थिए । 

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ ।

सिंहका अनुसार सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्