०१ असार २०८३, सोमबार

जापानमा बाढीपहिरोबाट एक जनाको मृत्यु, सात बेपत्ता

असोज ५, २०८१
काठमाडौं
जापानमा बाढीपहिरोबाट एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो– जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिवार एक जनाको मृत्यु हुनुका साथै कम्तीमा सातजना बेपत्ता भएका छन् । सरकारले  विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेको हो । 

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत  गरिरहेका अन्य चारजना पनि बेपत्ता भएको भूमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन् ।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा १० जना बेपत्ता भएको जनाएको छ ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब ६ हजार घर बिजुलीविहीन भएका छन् । 

प्रभावित क्षेत्रका केही मानिसहरू सञ्चार सेवाबिहीन भएको अपरेटरहरूले बताएका छन् ।  

बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् । 
 
इशिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

जापान मौसम विज्ञान बिभाग (जेएमए)ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको  छ ।

प्रधानमन्त्री फुमियो किशिदाले प्राथमिकताका साथ जनताको जीवन बचाइ विपद् व्यवस्थापन गर्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्