३१ जेठ २०८३, आइतबार

करेन्ट लागेर एक जनाको मृत्यु

असोज ५, २०८१
कञ्चनपुर
करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​

​मृत्यु हुनेमा बेदकोट नगरपालिका- १ बस्ने ५५ वर्षीय टेकबहादुर मल्ल रहेका छन् ।

उनको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिका- १ चम्फापुर राडाहास्थित रुखको हाँगा काट्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

रुखको हाँगा बिजुलीको तारमा खस्न गई तार चुँडिँदा करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्