०७ असार २०८३, आइतबार

परराष्ट्रमन्त्री राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

असोज ५, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । 

सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।​

क्यानडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा हाल क्यानडा छिन् ।

सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा. राणाले उनीमार्फत रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन् ।

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएकी थिइन् । 

त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्