०४ असार २०८३, बिहीबार

न्युयोर्कमा प्रधानमन्त्रीले थाले महत्त्वपूर्ण भेटवार्ता

असोज ५, २०८१
काठमाडौं
न्युयोर्कमा प्रधानमन्त्रीले थाले महत्त्वपूर्ण भेटवार्ता

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । 

आजै स्थानीय समयअनुसार ५ः१५ बजे प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेरेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ । यस्तै, स्थानीय समयअनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजना हुने संसदीय मञ्चको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । त्यसअघि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव रहब फातिमाले प्रधानमन्त्री ओलीलाई भेट्नेछन् । आजै साँझ राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले प्रधानमन्त्री ओली र भ्रमण दलमा सहभागी सदस्यका लागि स्वागत समारोहको आयोजना गरेको छ । 

 क्यानाडामा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा आजै न्युयोर्क आई भ्रमण दलमा सामेल हुने कार्यक्रम रहेको राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि थापा, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले राष्ट्रसङ्घका विभिन्न सत्र र नेपालको भूमिकाबारे अवगत गराएका थिए।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समयअनुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्