
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक भेला बोलाएको छ ।
काठमाडौंमा भएका कार्यकर्तालाई आइतबार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा यथाशक्य चाँडो आउन आग्रह गरिएको हो ।
उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यससँगै वनस्थलीस्थित रास्वपाको कार्यालय परिसरमा भीड बढेको छ।
प्रहरी स्रोतका अनुसार उक्त क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेसँगै रास्वपाले आकस्मिक भेला बोलाएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसँगै उक्त प्रकरणमा जोडिएका व्यक्तिहरू पक्राउ पर्न थालेका छन् ।