०३ साउन २०८३, आइतबार
सहकारी ठगी प्रकरण

रवि लामिछानेमाथि प्रहरीको निरन्तर निगरानी, जुनसुकै बेला पक्राउ पर्नसक्ने

असोज ६, २०८१
काठमाडौं
रवि लामिछानेमाथि प्रहरीको निरन्तर निगरानी, जुनसुकै बेला पक्राउ पर्नसक्ने

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले विशेष निगरानी गरेको छ। 

कास्कीस्थित सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारी ठगी छानबिन विशेष समितिले गरेको सिफारिसको आधारमा रविमाथि कारबाहीको दबाब बढेसँगै प्रहरीले निरन्तर निगरानी बढाएको हो। 

गोरखा मिडियाका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशी बन्जाडे पक्राउ परेसँगै उनका तत्कालीन पार्टनर लामिछानेमाथि पक्राउको दबाब बढेको छ। 

लामिछानेले ग्यालेक्सी मिडियामा रहँदा धमाधम करोडौँ चेक काटेका थिए। हाल पक्राउ परेका बन्जाडेले समेत आफ्नो १५% सेयर लामिछानेलाई दिएको समितिको बयानमा उल्लेख गरेसँगै उनीमाथि अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा काठमाडौँमा प्रहरी परिचालित छ। रविलाई आजै पक्राउ पर्ने तयारी साथ डिएसपीको टोली काठमाडौँ आए पनि बन्जाडेलाई मात्रै पक्राउ गरेको हो। 

स्रोतका अनुसार रविले आफू पक्राउ पर्ने भएपछि नेपाली कांग्रेस र एमालेका उच्च तहका नेता समेतलाई सम्पर्क गरेका थिए। भोलि बिहानसम्म रविले आफै गिरफ्तारी दिन सक्ने उच्च स्रोतले बतायो। एक प्रहरी अनुसन्धान अधिकृतले भने, 'हामी जरुरी पक्राउ पुर्जी जारी गरेर भए पनि रविलाई पक्राउ गर्न आएका थियौँ। तर एक्कासि उनको गिरफ्तारी रोकियो।'

 कास्की प्रहरीले आइतबार पक्राउ परेका वन्जाडेको बयानबाट समेत रवि रविमाथि थप प्रमाण जुटाउने तयारी गरेको छ। उच्च प्रहरी स्रोतले भन्यो, 'प्रहरीलाई जरुरी पक्राउ पुर्जी जारी गर्न पाउने अधिकार छ । माथिको आदेश आयो भने तत्कालै जरुरी पक्राउ पुर्जी जारी गरेर उनलाई नियन्त्रण गर्न सकिन्छ।'

salt training

कमेन्ट गर्नुहोस्