३१ जेठ २०८३, आइतबार

परराष्ट्रमन्त्री राणा र फिनल्यान्डका मन्त्रीबीच भेट

असोज ६, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणा र फिनल्यान्डका मन्त्रीबीच भेट

परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ ।

भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताइन् । विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पु¥याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरिन्। नेपाल र फिनल्यान्डबीच सेप्टेम्वर २१, १९७४ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्