०२ असार २०८३, मंगलबार

फेन्सी पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

असोज ८, २०८१
बैतडी
फेन्सी पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा ३५ लाखको क्षति भएको हो ।

सोमबार राति ११:२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्