१७ असार २०८३, बुधबार

चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निमित्त प्रहरी महानिरीक्षक राईको निर्देशन

असोज ८, २०८१
काठमाडौं
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न निमित्त प्रहरी महानिरीक्षक राईको निर्देशन

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

प्रहरी प्रधान कार्यालयमा मंगलबार भर्चुअल माध्यमबाट समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । 

राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताए । 

विशेषगरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उनले निर्देशन दिए । 

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्