२८ जेठ २०८३, बिहीबार

श्रीलंकाका लागि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

असोज ८, २०८१
काठमाडौं
श्रीलंकाका लागि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेपछि श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

स्नातक तह उत्तीर्ण भएको प्रमाणपत्र पेश गर्न समितिले मंगलबार दिउँसो ३ बजेसम्मको समय दिएको थियो ।

संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उनको सम्बन्धमा निर्णय गर्ने तयारी गरेको थियो ।

भट्टराईले आफ्नो सुनुवाइ स्थगित गरिदिन समितिसमक्ष निवेदन दिएका थिए ।

विभिन्न १७ देशका लागि प्रस्तावित राजदूत मध्ये १६ जनाको सुनुवाइ सम्पन्न भइसकेको छ ।

भट्टराई नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिश भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्