२८ जेठ २०८३, बिहीबार

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट​​

असोज ८, २०८१
काठमाडौं
एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट​​

एनएमबि बैंकले क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

बुद्ध भिसा डेबिट कार्ड (co–branded card) होल्डरका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक तथा अधिकतम ५ सय रुपैयाँसम्म बैंकले दिनेछ ।

चाडपर्वको समयमा ग्राहकहरूको यात्रालाई सहज बनाउन अफरको घोषणा गरिएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार यो अफर छठसम्मको लागि लागू हुनेछ । जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको विश्वास छ ।

थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।​

एनएमबि बैंकले देशभरका २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्