
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो ।
यसैगरी प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ । उनीहरूबीच पनि राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो ।
यस्तै, प्रधानमन्त्री ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआडी)का प्रमुख सामन्थ पावरबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए।