२७ असार २०८३, शनिबार

श्रीलंकाका राष्ट्रपतिले गरे संसद् विघटन, संसदीय निर्वाचनको घोषणा

असोज ९, २०८१
काठमाडौं
श्रीलंकाका राष्ट्रपतिले गरे संसद् विघटन, संसदीय निर्वाचनको घोषणा

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् । अब श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन हुने छ । 

यसअघि २२५ सिटमध्ये दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको थियो । 

दिसानायकेले यसअघि हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बन्ने यो तेस्रो पटक हो ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद विघटन गर्ने बताएका थिए ।

उनले आफ्नो नीतिलाई कार्यान्वयन गर्न सकेसम्म चाँडो निर्वाचन हुने बताए। उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसदलाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताए । यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्