२९ असार २०८३, सोमबार

न्याय परिषद् नियमावलीमा भएको संशोधन खारेजीको माग गर्दै बार एशोसिएसन आन्दोलनमा

असोज ९, २०८१
काठमाडौं
न्याय परिषद् नियमावलीमा भएको संशोधन खारेजीको माग गर्दै बार एशोसिएसन आन्दोलनमा

नेपाल बार एशोसिएसन विभिन्न माग राखी आन्दोलनमा उत्रिएको छ । बारमा आबद्ध अधिवक्ताहरूले बुधवार काठमाडौंको रामशाह पथस्थित कार्यालयअगाडि आन्दोलन गरेका हुन् । 

उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् । 

null

यस्तै न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम हुनुपर्ने, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् । 

यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर्नुपर्ने माग पनि उनीहरूको छ । 

null

साथै उनीहरूले विगो, जरिवाना तिरेपश्चात् मात्र पुनरावेदन, मुद्दा दोहोर्याइ पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर्न पनि माग राखेका छन् ।

प्रदर्शनमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे पनि सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्