
नेपाल बार एशोसिएसन विभिन्न माग राखी आन्दोलनमा उत्रिएको छ । बारमा आबद्ध अधिवक्ताहरूले बुधवार काठमाडौंको रामशाह पथस्थित कार्यालयअगाडि आन्दोलन गरेका हुन् ।
उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् ।

यस्तै न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम हुनुपर्ने, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्नेलगायत माग उनीहरूले राखेका छन् ।
यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर्नुपर्ने माग पनि उनीहरूको छ ।

साथै उनीहरूले विगो, जरिवाना तिरेपश्चात् मात्र पुनरावेदन, मुद्दा दोहोर्याइ पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर्न पनि माग राखेका छन् ।
प्रदर्शनमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे पनि सहभागी छन् ।