२३ जेठ २०८३, शनिबार

चितवनको साहारा सहकारीको रकम अपचलन प्रकरण : ​जीबीराईसहित १७ जनाविरुद्ध मुद्दा दायर​

असोज ९, २०८१
काठमाडौं
चितवनको साहारा सहकारीको रकम अपचलन प्रकरण : ​जीबीराईसहित १७ जनाविरुद्ध मुद्दा दायर​

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)सहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारी ठगी कसुरमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।

उक्त सहकारीको अध्यक्षसमेत जीबी राई नै थिए ।

अभियोग पत्रमा राईसहित सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको दाबी गरिएको छ ।​

जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको भन्दै सोही बराबर बिगो, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

हाल जीबी राई, केसी, अधिकारी, भूपेन्द्र राई, आनन्द भट्टराई, देवेन्द्रबाबु राई, लामिछाने, गुरुङ, न्यौपाने, आचार्य फरार छन् ।

salt training

कमेन्ट गर्नुहोस्