२३ जेठ २०८३, शनिबार

कांग्रेसको प्राकृतिक स्रोत विभागमा थपिए १० सदस्य

असोज ९, २०८१
काठमाडौं
कांग्रेसको प्राकृतिक स्रोत विभागमा थपिए १० सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोत विभागमा १० सदस्यलाई मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा महेश श्रेष्ठ- भक्तपुर, सुरेन्द्रप्रसाद यादव- सप्तरी, शान्तिकला तामाङ राई- इलाम, तिलक गिरी- झापा, हरिशकुमार कार्की- जाजरकोट छन् ।

यसैगरी दिनेश कटुवाल- उदयपुर, रामकुमारी चौधरी- कैलाली, मुकुन्द गौतम- दाङ, नरबहादुर नेपाली- रुकुम (पश्चिम) र दामोदर शर्मा- पर्वत रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्