३२ असार २०८३, बिहीबार

सिटी वालेटको दशैं अफर : ​रेमिट भुक्तानीमा ७ सयसम्म क्यास ब्याक

असोज ९, २०८१
काठमाडौं
सिटी वालेटको दशैं अफर : ​रेमिट भुक्तानीमा ७ सयसम्म क्यास ब्याक

सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यास ब्याक अफर ल्याएको छ ।

नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा स्थापित सिटीले रेमिट भुक्तानी प्रक्रियालाई प्रोत्साहन गर्न क्यास ब्याक अफर ल्याएको जानकारी दिएको छ ।

५ हजार रुपैयाँभन्दा बढी रकमको रेमिट्यान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा CITYPAY प्रोमो कोड प्रयोग गरी २०० रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्न सकिनेछ ।

हरेक दिन रेमिट्यान्स भुक्तानीमा पहिलो १८ जना ग्राहकहरूलाई ५ सय रुपैयाँ बराबरको बोनस गरी कुल ७०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

विदे स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

साथै दशैं तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यास ब्याक अफर राखिएको छ ।

आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यास ब्याक प्राप्त गर्न सक्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्