क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारविरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारविरुद्धको ल्याइएको अविश्वास प्रस्ताव क्यानडाको संसद्मा असफल भएको हो । अविश्वास प्रस्तावको पक्षमा १२० मत पर्दा विपक्षमा २११ सांसद उभिए ।
अविश्वास प्रस्ताव असफल भए पनि ट्रुडो सरकारको संकट भने नटरेको बीबीसीले जनाएको छ । विपक्षी कन्जरभेटिभ सांसदहरूले फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेका छन् ।
कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकार बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन् ।
पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको छ।
यस महिनाको शुरूमा क्यानडाको वामपन्थी न्यू डेमोक्रेटिक पार्टी वा एनडीपीले ट्रुडो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई साथ दिएको थियो ।