१४ असार २०८३, आइतबार

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

असोज १०, २०८१
सर्लाही
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका-५ श्रीमानले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् ।

गएराति ११ बजेतिर मोटरसाइकलमा आएका श्रीमानले सुतिरहेकी श्रीमती २४ वर्षीया चित्रलेखा यादवलाई गोली हानेका थिए । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार चित्रलेखाको घटनास्थलमै मृत्यु भएको हो । 

गोली लागेर ती युवाका बुवा राम दिनेश घाइते भएका छन् । बायाँ खुट्टामा गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीको भनाइ छ । 

डीएसपी श्रेष्ठका अनुसार गोली हान्ने व्यक्ति केही दिनअघि मात्रै विदेशबाट फर्किएका थिए । 

प्रहरीले गोली चलाउनेको नाम सार्वजनिक गरेको छैन । 'गोली चलाउने व्यक्ति आइडेन्टिफाई भइसक्यो। हामी खोज तलाशमै छौं,' उनले भने ।

प्रहरीले घटनास्थलबाट दुईवटा गोलीको खोका बरामद गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्