२६ असार २०८३, शुक्रबार

पूर्व सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चको आदेश- अनुसन्धानको सक्कल फाइल ल्याउनू

असोज १०, २०८१
काठमाडौं
पूर्व सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चको आदेश- अनुसन्धानको सक्कल फाइल ल्याउनू

​​​सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा विस्तृत अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

बुधबार भएको सुनुवाइपछि सर्वोच्चले बिहीबार अनुसन्धानको सक्कल फाइल उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले लोकान्तरलाई जानकारी दिए ।

'...मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरीअनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक-पटक आदेश भइसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेशपश्चात् हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन? नभएको भए के कारणबाट हुन नसकेको हो? साथै, यस सन्दर्भमा पूर्वादिश अनुसार नियमित रुपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेशीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू,' आदेशमा भनिएको छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटालाई सजाय माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा उनी प्रमुख रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले अदालतको अन्तरिम आदेशपश्चात् अनुसन्धानमा के कति प्रगति भएको हो, त्यसको सक्कल फाइलसहित प्रहरीलाई उपस्थित हुन आदेश दिएको हो ।

यस्तो छ आदेश

nullnull

salt training

कमेन्ट गर्नुहोस्