०१ असार २०८३, सोमबार

नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ

असोज १०, २०८१
काठमाडौं
नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताएका छन् । 

साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा आज आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको उल्लेख गरे । 
    
उनले भने, “आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।”

मन्त्री गुरुङले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु-याउन समय समयमा दुईदेशका राष्ट्रप्रमुख एवं उच्चस्तरीय भ्रमण नियमित रुपमा भइरहेको उल्लेख गर्दै यस प्रकारको भ्रमणले नेपाल र चीनबीचको शताब्दीयौँदेखिको मैत्रीपूर्ण सम्बन्ध झन् विकसित भइरहेको बताए । 

पौराणिककालदेखि आजपर्यन्त चीन नेपालको महत्वपूर्ण व्यापारिक साझेदार रहँदै आएको बताउँदै मन्त्री गुरुङले नयाँ चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव मनाइरहँदा यसविचमा चीनले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत, विज्ञान र सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा चामत्कारिक विकास गरेको र आफूलाई विश्व अर्थतन्त्रको नेतृत्वदायी मुलुकका रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो । त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालले लाभ लिँदै आएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्