२२ जेठ २०८३, शुक्रबार

कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश पराजित

असोज १०, २०८१
काठमाडौं
कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेश पराजित

राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै कोशी शीर्ष अन्तिम पाँचभित्र रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । कोशीले नौ खेलबाट १४ अङ्क जोड्यो । सुदूरपश्चिम भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै दोस्रो चरण पुग्ने पाँचै टोलीको टुङ्गो लागेको छ । कोशीसहित एपिएफ, पुलिस, आर्मी र वालिङ नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आज कोशीको जीतमा समीक्षा मगरले दुई गोल गरिन् भने ममता राउत र खुस्मा राईले समान एक एक गोल गरे । ममताले खेलको २४औँ मिनेटमै गोल गरिन् । त्यस्तै कोशीकी अर्की खेलाडी समीक्षाले खेलको ५३ र ६५औँ मिनेटमा दुई गोल गरिन् । 
 
यस्तै खेलको ८५औँ मिनेटमा खुस्माले अर्को गोल गर्दै कोशीलाई ४–० को जीत दिलाइन् । 

salt training

कमेन्ट गर्नुहोस्